सम्पुर्ण गुरुङ मित्रहरु, तपाईहरु नझुक्किनु होला। यो गुम्वा होइन् । यो त गुरुङहरुको असली पहिचान पवित्र क्होईवु धिँ हो।
क्होईवो कसरी हुन गयो त ? भन्ने विषयमा यसरी वर्णन गरिएको छ। सफुती क्ह्यल्सामा 'क्ल्हेसोंदी', 'प्र्हेसोंदी' महा-गुरुहरु, महा-पुर्खाहरुको जन्म भयो । सो गुरुले यस् पृथ्वीमा सम्पूर्ण वनस्पती, पशु-पंक्षि जिव, जन्तुहरुको उत्पत्ति गराएको 'तमु प्ये' मा उल्लेख गरेको छ । ९ महा-गुरुहरु र ७ माङीहरुको सृस्टि गरिएको छ । प्ये छ्या ल्हु (तमु संस्कार, संस्कृति, परम्परा )को त्यो ठाउँबाट सुरुवात गर्दै आएको हो भनेर उल्लेख गरिएको छ । ज्ञान मागेर लिने गुरुको घरलाई 'क्ल्हे धीं' (गुरुको घर) भनिएको थियो । "क्होईवो धीं कसरी गरौँ ?" भन्ने बिषयमा छलफल गरिएको थियो । के कसरी के को आधारमा छलफल गरियो ? भन्ने सन्दर्भमा 'क्हो' भनेको क्ल्हेसोंदी प्र्हेसोंदीको 'क्हो' जसरी बनस्पतिहरुको रुप त्यस्तै हामी तमुजतिहरुको 'क्हो' । 'क्हो' भनेको सम्पूर्ण तमूहरुको आङ (अङ्ग) 'वो' भनेको हाम्रो तमुहरुको धर्म 'वोन' हो भन्ने अर्थ दिएको छ । यसरी 'क्होईवो धी' को स्थापना गरे । सो घरमा 'क्ल्हे' गुरुहरुद्वारा पूजा-पाठ गर्ने, चाड पर्वहरुमा, चाड प्रवचन गर्ने, 'क्ल्हे' द्वारा शिक्षा आर्जन गर्ने, आफ्नो धर्म मान्ने र यस् घरमा जम्मा हुने भनेर योजना बनाए । त्यसैगरी सबै लागी पारिरहे सम्पूर्ण तमुहरुले 'क्होईवो धीं' लाई नै आफ्नो प्रमुख धीं माने त्यसैले हामी गुरुङहरु गुम्बा मठ्-मन्दिरमा होइन आफ्नो क्होईवो धींमा गएर आफ्नो कुलको र प्राकृतिक सिल्दो नाल्दोको पूजा गर्ने हो ।
यहाँ कतिपय मित्रहरुले वोन धर्म भनेको के हो पहिलो चोटि सुन्दैछु भन्ने पनि देखियो।
वोन भनेको के होला ? यहाँ क्होइ + वो' गर्दा 'क्होईवो' भएको छ । हामीहरुले 'क्ल्हे' गुरुहरुसँग शक्ति लिन्छौं । शक्ति लिनुलाई 'वो न्वोव' भनिन्छ, शक्ति ग्रहण गरी काम गर्नु भन्ने अर्थ हो । पछी 'वो न्वोव' बाट 'वोन धर्म' हुन गयो भनिएको छ । यसरी हामीले जहिले पनि पितृहरुको शक्ति, गुरुहरुको शक्ति, र प्राकृतिक सिल्दो नाल्दोहरुको शक्ति अनुसार काम गर्दैछौँ त्यसर्थ हामी प्राकृतिकवादी हौं । हामी पुरानो कुल धर्मवादी हौं भनेर यसरी व्याख्या
गरिएकोछ।
जस्तो:- प्ये क्ल्हे = शास्त्रको मालिक, छ्योय क्ल्हे = संस्कार, संस्कृतिको मालिक, स्य क्ल्हे = सम्पत्तिको मालिक, चोकै क्ल्हे = गाउँको गन्ने मान्नेको मालिक आदि । यसरी हामीले जुनसुकै कार्यहरु गर्दा पनि 'क्ल्हे' लाई पुकार्नु पर्ने हुन्छ । पुर्खाहरुले गरिरहेका कुरालाई नै निरन्तरता दिईरहेको छ ।
यहाँ गुरुङको धर्म साँस्कृतिको सत्य तथ्य जानकारी लिन चाहाने जिज्ञाशुहरुले आधिकारिक वेब साईट www.tamu-pyelhu.org हेर्नु होला धन्यवाद!!